११ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपाल भारत बराबर भएको छ । खेलको ७१ औं मिनेटमा भारतकी संगीता बास्फोरेले गोल गरेकी थिइन् ।
भारतले गोल गरेलगत्तै नेपाली खेलाडीहरुले पनि भारतको पोस्टमा गोल गरेका थिए । तर उक्त गोललाई रेफ्रीले मान्यता नदिएपछि दशरथ रंगशाला केही समय तनावग्रस्त भयो । केही समय रेफ्री र खेल अफिसियलको टोलीले छलफल चलायो । तरपनि गोललाई मान्यता दिएन । त्यसपछि सुरु भएको खेलमा नेपालकी सावित्री भण्डारीले गोल गरेर बराबर गराइन् ।
रेफ्रीले सुरुमा गोल भएको संकेत गरेपनि गोल दिएनन् । भारतीय खेलाडीहरु गोलको खुशी मनाउँदै गर्दा नेपालले बल चलाएर गोल गरेको थियो । बल चलाउन रेफ्रीले नै अनुमति दिएका थिए । तर गोेलकिपर तयार नरहेको अवस्थामा भएको गोललाई मान्यता नदिने रुल बुकलाई आधार बनाइएकको छ ।
प्रकाशित मिति : २०८१ कार्तिक ११ गते आइतवार

