२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

आज धनतेरस मनाइदै, यो दिनमा के गरिन्छ ?

१३ कार्तिक , काठमाडौँ । आज धनतेरस पर्व मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन धनतेरस मनाइन्छ । तिहार शुरु हुनुभन्दा अघिल्लो दिन आज सुन र चाँदीका गहना वा सिक्का तथा तामा पित्तललगायत धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राख्ने चलन छ । यो दिन नयाँ गहना वा भाँडा किने घरमा सधैँ लक्ष्मीको बास हुन्छ भन्ने विश्वास छ ।

बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले धनतेरस अर्थात् धन त्रयोदशी पर्व मंगलबार नै मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

कार्तिक कृष्ण त्रयोदशीकै दिन मनाइने कागतिहार भने बुधबार परेको छ । त्रयोदशीकै साँझ गरिने यमदीपदान बुधबार साँझ गरिँदैछ । समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीका अनुसार बिहान त्रयोदशी परेका दिन धनतेरस अर्थात् धनत्रयोदशी र बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान शुरु हुने शास्त्रीय नियम छ। धनतेरस पर्व छिमेकी मुलुक भारतमा धुमधामका साथ मनाइन्छ। नेपालमा भने यो चलन केही वर्षयता मात्र भित्रिएको हो ।

प्रकाशित मिति : २०८१ कार्तिक १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस