२०८३ कार्तिक ५ गते बुधवार | 2026 October 21st Wednesday

साफ महिला च्याम्पियनसिपको फाइनल खेल काठमाडौँका ३ ठाउँबाट प्रत्यक्ष प्रशारण गरिने

१४ कार्तिक , काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल र बङ्गलादेशबीचको फाइनल खेल काठमाडौँ महानगरपालिकाले तीन ठाउँबाट प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

टुँडिखेल, चाबहिल फुटबल ग्राउन्ड र हाँडीगाउँस्थित सानो गौचरनबाट प्रत्यक्ष प्रसारण गरिने महानगरले जनाएको छ । यी तीन ठाउँमा एलईडी स्क्रिनबाट फाइनल खेलको प्रत्यक्ष प्रसारण हुनेछ ।

यो खेल हेर्न धेरैलाई चाहना भएको तर खेलमैदानमै पुगेर हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन भएकाले खेल मैदान जत्तिकै उत्साहका साथ खेल अवलोकन गर्ने अवसरका लागि तीन ठाउँमा व्यवस्था मिलाएको महानगरले जनाएको छ ।

फाइनल खेल बेलुकी साढे ६ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शुरू हुनेछ । यसैबीच एन्फाले सूचना निकालेर दशरथ रङ्गशाला लैजान नपाइने वस्तुहरूबारे जानकारी गराएको छ ।

 

प्रकाशित मिति : २०८१ कार्तिक १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस