२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

आज भाइटीका, उत्तम साइत–कुन दिशा फर्कने ?

आज बिहान ११ः३७ बजे अभिजित् मुहूर्तलाई राम्रो मानिएको छ ।

काठमाडौं । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई दीर्घायु, आरोग्य र ऐश्वर्यको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइ भाइटीका पर्व मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने यस पर्वमा, दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा र सम्मानसहित टीका लगाइ आशीर्वाद दिन्छन्।

टीका लगाउने उत्तम साइतको खोजी गर्नेहरूका लागि आज बिहान ११ः३७ बजे अभिजित् मुहूर्तलाई राम्रो मानिएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका लगाइदिने व्यक्तिले पूर्व र टीका ग्रहण गर्ने व्यक्तिले पश्चिम फर्किनुपर्ने व्यवस्था गरिएको छ। यो विधिबाट चन्द्रमा वृश्चिक राशिमा रहेर दाहिने पर्ने भएकाले साइतलाई विशेष शुभ मानिएको छ।

यो अवसरमा, टीका लगाइसकेपछि दाजुभाइले पनि आफ्ना दिदीबहिनीलाई सम्मान स्वरूप टीका लगाउँछन् र गच्छेअनुसार उपहार तथा दक्षिणा दिएर सौभाग्यका प्रतीकस्वरूप सम्मान प्रकट गर्छन्। साथै, दिदीबहिनीले पनि विशेष पूजाआराधना गरी अष्टचिरञ्जीवी, यमराज, यमुना र अन्य देवीदेवताहरूको पूजा गरिन्छ।

प्रकाशित मिति : २०८१ कार्तिक १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस