२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

दृष्टिविहीन विश्वकप क्रिकेट: अफगानिस्तान १०८ रनले नेपालसँग पराजीत

काठमाडौं । दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। नेपालले अफगानिस्तानलाई १ सय ८ रनले हराएको हो ।

पाकिस्तानको लाहोरमा जारी दृष्टिविहीन विश्वकप क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज टस हारेपछि पहिला ब्याटिङ गरेको थियो।

नेपालले जितका लागि अफगानिस्तानसामु दुई सय २९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर अफगानिस्तानले सवै विकेट गुमाएर एक सय २० रन मात्र बनाउन सक्यो।

नेपालका लागि उप-कप्तान पदमबहादुर बडैला र नरेश चौधरीले अर्धशतकीय पारी खेले। बडैलाले ५१ बलमा अविजित रहेर ९२ रन तथा चौधरीले ६२ बलमा अविजित ७२ रन बनाए। यस्तै भरत थापाले २१ तथा सागर लामाले चार रन बनाए। अफगानिस्तानका बलरहरुले नेपाललाई ३९ अतिरिक्त रन दिएका थिए।

प्रकाशित मिति : २०८१ मङ्सिर १० गते सोमवार
प्रतिक्रिया दिनुहोस