२०८३ कार्तिक ५ गते बुधवार | 2026 October 21st Wednesday

२० औँ लेखनाथ महोत्सव पोखरामा पुस १८ देखि हुँदै

काठमाडौं । कास्कीको लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजनामा सञ्चालन हुँदै आएको लेखनाथ महोत्सवको २० औँ संस्करण आउँदो पुस १८ गतेदेखि सुरु हुने भएको छ।

पोखरा महानगरपालिका-२७ ताल चोकमा आयोजना हुन लागेको महोत्सवको तयारीका बारेमा जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सङ्घका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले पुस १८ बाट सुरु हुने महोत्सव माघको एक गतेसम्म सञ्चालन हुने बताए।

लेखनाथ उद्योग वाणिज्य सङ्घले २०५८ सालमा सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवले हरेक पटक सफलता हात पारेको उनले सुनाए। समयानुकूल परिष्कृत गर्दै २०६१ सालदेखि वार्षिक रूपमा लेखनाथ महोत्सव गर्दै आएको र विभिन्न जात जाति भाषा भाषीलाई एकै थलोमा उपस्थित गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्देश्यले महोत्सवको आयोजना गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ।

प्रकाशित मिति : २०८१ मङ्सिर १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस