२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

भोलिदेखि इलाममा गोल्डकप हुँदै, विजेतालाई १० लाख पुरस्कार

काठमाडौं ।  इलाममा गोल्डकप हुने भएको छ। रेडहर्स फुटबल क्लबको आयोजनामा ठूलो टुँडिखेलमा भोलिदेखि यही मङ्सिर २९ गतेसम्म हुने प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको क्लबका सचिव प्रकाश घिमिरेले बताए।

बाह्र हजार दर्शक अटाउने प्यारापिट, मञ्चलगायतका सम्पूर्ण तयारी पूरा भएको तथा प्रतियोगितमा भाग लिन डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) र सङ्कटा क्लब इलाम आइसकेका छन्।

प्रतियोगितमा भिड्ने त्रिभुवन आर्मी, चर्च ब्वाइज, झापाको रेड स्टार, मच्छिन्द्र, दार्जिलिङको जिटिएका खेलाडी आउन बाँकी छ। स्पर्धामा आयोजक रेड हर्स क्ब पनि सहभागी हुनेछ।

उक्त क्लबले गत वर्ष पहिलोपटक प्रतियोगिता आयोजना गरेको थियो। विजेताले उपाधिसहित नगद रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार पाउनेछन्। विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई रु २५ हजार नगद प्रदान गरिनेछ।

प्रकाशित मिति : २०८१ मङ्सिर २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस