२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

पोखराले कर्णालीलाई दियो १०४ रन लक्ष्य

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) को मंगलबार दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको लक्ष्य दिएको छ।

कर्णाली याक्सविरूद्ध ​टस जितेर​ ब्याटिङ गरेको  पोखराले सबै विकेट गुमाएर १०३ रन बनायो।

पोखराका लागि दिनेश कार्की २६, आन्द्रेश गोस २५, रेमन राफर २०, कुशल भुर्तेल र विपिन खत्री १०,दिलिपनाथ ३, माइकल लिस्क २ म्याट क्रिट्ले, नारायण जोशी र आकाश चन्दले समान एक एक रन बनाए।

कर्णालीका लागि विलियम बोसिस्टोले ६, सोमपाल कामी, युनिश ठकुरी, विपिन शर्मा ले एक एक विकेट लिए।

पोखराले तीन खेलमा दुई हार र एक जित हासिल गरेको छ भने कर्णालीले चार खेलमा दुईमा जित र दुईमा हार व्यहोरेको छ।

प्रकाशित मिति : २०८१ मङ्सिर २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस