काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो सुपर ओभरमा विराटनगर किंग्सविरुद्ध पोखरा एभेन्जर्स विजयी भएको छ ।
सुपर ओभरमा पहिलो ब्याटिङ गरेको पोखराले लगातार दुई छक्का र एउटा चौका प्रहार गर्दै १८ रन बनाएको थियो । तर, १९ रन लक्ष्य पच्छ्याएको विराटनगरले एक ओभरमा ५ रनमात्रै बनाएपछि पोखरा विजयी भएको हो ।
यसअघि १४० रन पछ्याएको पोखराले २० ओभरमा १३९ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
प्रकाशित मिति : २०८१ मङ्सिर २७ गते बिहिवार

