२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

एनपिएल: जनकपुरविरुद्ध काठमाडौंले दियो १०२ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आफ्नो पाँचौं खेलमा काठमाडौं गुर्खाजले जनकपुर बोल्ट्सलाई १ सय २ रनको लक्ष्य दिएको छ  ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको काठमाडौं १९.३ ओभरमा १ सय १ रनमा अलआउट भयो ।

उसका लागि जेरार्ड इरास्मसले २०, कप्तान करण केसीले १९ तथा ओपनर स्टीफन एस्किन्जीले १७ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

जनकपुरका लागि स्पिनर ललितनारायण राजवंशीले ४ ओभरमा २ मेडनसहित ८ रन दिएर तीन विकेट लिए । यस्तै, शेर मल्लले ३.३ ओभरमा ११ रन खर्चेर तीन विकेट नै हात पारे ।

काठमाडौंले अहिलेसम्म चार म्याच खेल्दा दुईमा जित र दुई खेलमा हारको सामना गरेको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस