२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

त्रिभुवन विश्वविद्यालयद्वारा भर्खरै नतिजा प्रकाशित [ नतिजासहित ]

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०८१ साल पुष महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातक तह (BBS 4th Year) चौथो वर्ष २०८० सालको पूरक परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।

उक्त परीक्षाको परीक्षाफल परीक्षा नियन्त्रण कार्यालयको Result Portal result.tuexam.edu.np मा हेर्न सकिनेछ। परीक्षाफल सकेसम्म शुद्ध होस् भन्ने उद्देश्य राखि प्रकाशित गरिएको छ, तापनि छपाई तथा अन्य कुनै कारणबाट अशुद्ध देखिएमा यस कार्यालयको अभिलेखबाट सच्चाइने व्यहोरा अवगत गराइन्छ ।

पुनश्चः लब्धाङ्कपत्र सम्बन्धित क्याम्पसहरुलाई उपलब्ध गराइएको TU-EMIS Portal को Result Menu Select गरी Marksheet Option मा गई प्रिन्ट गरी सम्बन्धित क्याम्पसबाटनै वितरण गर्नु हुन अनुरोध छ ।

प्रकाशित मिति : २०८१ पुष १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस