२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

गायिका समीक्षा अधिकारीलाई धोका : कसले गर्‍यो यस्तो?

चर्चित गायिका समीक्षा अधिकारीले हालै सामाजिक सञ्जाल फेसबुकमार्फत् श्री एयरलाइन्सले धोका दिएको गुनासो गरेकी छिन्। उनले लेखेकी छिन्, ‘मौसम खराबीले उडान प्रभावित हुनु स्वाभाविकै हो, तर एयरपोर्ट खुलिसक्दा पनि बिहान ८ बजेको प्लेन अब दिउँसो २ बजे मात्र उड्छ भन्दै यात्रुहरूलाई एयरपोर्टमै अलपत्र पारेको छ। अन्य एयरलाइन्सहरूले धमाधम प्लेन उडाइरहेका छन्।’

थप गुनासो गर्दै उनले भनिन्, ‘केही दिनअघि पनि मैले यही एयरलाइन्सबाट धोका पाएपछि नेपालगञ्जको कार्यक्रम नै छुटाउनु परेको थियो। आज पनि म बिहानैदेखि काठमाडौं एयरपोर्टमै छु। श्री एयरलाइन्सबाट धोका पाउने म पहिलो पात्र पक्कै होइन। यस्तो घटना कि त अन्य एयरलाइन्ससँग कमिसन खाने कर्मचारीले घटाउँछन्, कि त यो एयरलाइन्स काम छैन।’

यसै विषयमा श्री एयरलाइन्सले प्रतिक्रिया दिँदै नेपालगञ्ज एयरपोर्ट बिहान ११ः५५ मा मात्र खुलेकोले बिहानको नियमित फ्लाइट ४ घण्टा ढिलो भएको जवाफ दिएको छ।

 

 

प्रकाशित मिति : २०८१ माघ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस