२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

मात्र ६ महिनामा साढे एक करोडभन्दा बढी कण्डम आयात

काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा विदेशबाट साढे एक करोडभन्दा बढी कण्डम भित्रिएका छन् । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि पुस महिनासम्मको अवधिमा १ करोड ७७ लाख ४० हजार कण्डम आयात भएको हो ।

यो संख्याको कण्डम आयातमा नेपालबाट १२ करोड ६२ लाख ५८ हजार रुपैयाँ बाहिरिएको छ । यस्तै, उक्त मूल्य बराबरको करोडौँ संख्याको कण्डम भित्रिँदा राज्य कोषमा ४ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

नेपालमा सबैभन्दा धेरै भारतबाट कण्डम आयात हुने गरेको छ । भारतबाट १ करोड ५५ लाख ५० हजार ५९४ वटा कण्डम भित्रिएको छ । यो बराबर ९ करोड ८७ लाख ९५ हजार खर्च भएको विभागको तथ्यांक छ ।

प्रकाशित मिति : २०८१ माघ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस