२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

सम्बन्धविच्छेद माग्दै एलिनाले श्रीमानमाथि लगाएका आरोप (पत्रसहित)

काठमाडौं । गायिका एलिना चौहानले आफ्नो पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गर्दै उनलाई मानसिक यातना र चरित्रमाथि शंका लगाएको आरोप लगाएकी छन्।

शुक्रबार जिल्ला अदालत काठमाडौंमा दायर गरिएका फिरादपत्रमा एलिनाले भनेकी छन् कि कार्यकममा व्यस्त हुँदा उनका श्रीमानले बारम्बार घर फर्कन दबाब दिने गरेका थिए, जसका कारण उनी मानसिक कष्टको शिकार थिइन्। यसका साथै, उनले नेपाल फर्केपछि पनि पतिले आफूलाई चरित्रमाथि शंका गर्दै लाञ्छना लगाएको र यसले सम्बन्धमा गहिरो प्रभाव पारेको उल्लेख गरिन्।

एलिनाले उक्त परिस्थिति ध्यानमा राख्दै सम्बन्ध विच्छेदको माग गरेकी छन् र अब उनी स्वतन्त्र जीवन यापन गर्न चाहन्छन्।

 

 

 

प्रकाशित मिति : २०८१ माघ १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस