२०८३ कार्तिक ५ गते बुधवार | 2026 October 21st Wednesday

पुष्पा २ का मुख्यमन्त्री जगपति बाबु काठमाडौं आउँदै

काठमाडौं। दक्षिण भारतीय फिल्म ‘मिराई’को दोस्रो चरणको छायांकन सोमबारदेखि काठमाडौंमा सुरु हुने भएको छ। यसको पहिलो चरणको छायांकन बैशाख पहिलो साता नेपालका विभिन्न स्थानमा सम्पन्न भएको थियो।

निर्माण नियन्त्रक तथा चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार, १६ दिनसम्म काठमाडौं, भक्तपुर, कीर्तिपुर, दोलखा, पोखरा र मुस्ताङमा छायांकन हुनेछ। अभिनेत्री श्रीया शरणसहितको कलाकार टोली आइतबार काठमाडौं आइपुगेको छ।

श्रीया शरण तामिल, तेलुगु र हिन्दी फिल्ममा आफ्नो अभिनयबाट परिचित छिन्। उनले नेपालमा ‘दृश्यम’ र ‘दृश्यम २’ जस्ता अजय देवगण स्टारर फिल्महरूमा काम गरेकी थिइन्, जसले यहाँ राम्रो कमाइ गरेका थिए।

अभिनेता जगपति बाबु, जो ‘पुष्पा २’मा मुख्यमन्त्रीको भूमिकामा देखिएका थिए, सोमबार नेपाल आउनेछन्। ‘मिराई’मा तेजा सज्जाको मुख्य भूमिका रहनेछ र यसलाई कार्तिक गट्टामनेनीले निर्देशन गर्नेछन्।

प्रकाशित मिति : २०८१ माघ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस