२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

ऋचाले दिइन् एलिनालाई साथ, भक्कानिएको भिडियो भाइरल

काठमाडौं । गायिका एलिना चौहानको स्टेजमा गाउने क्रममा भक्कानिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। हालै पतिसँग सम्बन्ध विच्छेदको निवेदन दिएकी चौहानलाई धेरै कलाकारहरूले ढाडस दिइरहेका छन्।

नायिका रिचा शर्माले चौहानको निर्णयलाई समर्थन गर्दै समाजको डरले धेरै महिलाले आफ्ना सपनाहरू त्याग्नुपर्ने बाध्यता भए पनि चौहानले आफूलाई रोजेको बताएकी छन्। उनले सामाजिक सञ्जालमा चौहानप्रति सम्मान व्यक्त गर्दै विवाह सम्बन्ध बाँधिनु नभएको र जब सम्बन्धले सपना दबाउँछ, त्यहाँ बस्न अर्थ नभएको उल्लेख गरेकी छन्।

उनको पोस्ट अहिले चर्चामा छ, जसमा उनले चौहानको साहसलाई सलाम गरेकी छन्।

प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस