२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

विश्वविद्यालयले भन्योः सबै नेपाली विद्यार्थी क्याम्पस फर्क, कक्षामा सहभागी होउ (विज्ञप्तिसहित)

काठमाडौं । भारतको ओडिसा राज्यमा अवस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको घटनाले सामाजिक सञ्जालमा तरंग पैदा गरेको छ।

यस घटनापछि केआईआईटीले सयौं नेपाली विद्यार्थीलाई कलेज छोड्न निर्देशन दिएको थियो, जसको कारण उनीहरू रेल स्टेसनमा विजोग अवस्थामा रहेका थिए। तर, विश्वविद्यालयले पछिल्लो सूचना जारी गर्दै नेपाली विद्यार्थीहरूलाई क्याम्पस नछोड्न र कक्षामा फर्किन आग्रह गरेको छ।

केआईआईटीका अनुसार, मृतक छात्रा प्रकृति लम्सालको प्रेमीलाई प्रहरीले उत्पीडनको आरोपमा पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ। प्रकृतिका साथीहरूले उनका प्रेमी अद्विक श्रीवास्तवले तीन वर्षको सम्बन्धमा प्रकृतिलाई शारीरिक र मानसिक यातना दिएको आरोप लगाएका छन् र उनीहरू न्यायको माग गरिरहेका छन्।

प्रकृतिले यो अवधिमा निरन्तर उत्पीडन सहनु परेको थियो। यसैबीच, शवलाई क्यापिटल अस्पतालमा पोस्टमार्टमको लागि पठाइएको छ र प्रकृतिका अभिभावकहरूलाई यस घटनाबारे जानकारी गराइएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस