२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

४९ वर्षीया सुष्मिताको विवाह इच्छा: भन्छिन्-योग्य कोही भेट्नुपर्छ

sushmita sen

काठमाडौं । बलिउड अभिनेत्री सुष्मिता सेन ४९ वर्षकी भइन् र अझै अविवाहित छिन्। उनले दुई छोरी रेनी र आलिसाहलाई धर्मपुत्री बनाएर एकल आमाको रूपमा हुर्काएकी छिन्। हालै इन्स्टाग्राम लाइभ सत्रमा फ्यानहरूसँग कुरा गर्दै उनले विवाह बारे आफ्नो विचार साझा गरिन्।

सुष्मिताले जयपुरको एक विवाहमा सहभागी हुने उल्लेख गरिन्। त्यस क्रममा एक फ्यानले उनको विवाह योजनाबारे सोध्दा पूर्व मिस युनिभर्सले भनेकी थिइन्, ‘म पनि विवाह गर्न चाहन्छु। तर मलाई योग्य कोही भेट्नुपर्छ। विवाह यत्तिकै हुँदैन। हृदयको सम्बन्ध रोमान्टिक हुन्छ, सन्देश हृदयसम्म पुग्नुपर्छ। हामी पनि बिहे गर्नेछौं।’

यसअघि सुष्मिताको नाम रोहमन शलसँग जोडिएको थियो। सन् २०२१ मा उनीहरूको सम्बन्ध टुट्यो। त्यसपछि २०२२ मा उनी ललित मोदीसँग जोडिइन्, तर यो सम्बन्ध केवल एक चरण मात्र रहेको बताइयो। हृदयघातपछि सुष्मिता र रोहमन फेरि सँगै देखिए, यद्यपि उनीहरूले सम्बन्ध पुष्टि गरेका छैनन्।

कामको कुरा गर्दा, सुष्मिता पछिल्लो पटक डिज्नी प्लस हटस्टारको क्राइम थ्रिलर ‘आर्या’ को तेस्रो सिजनमा देखिएकी थिइन्, जसले दर्शकबाट प्रशंसा पाएको थियो।

 

प्रकाशित मिति : २०८१ फाल्गुन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस