२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

नेपाल र म्यानमारबीच ‘फोर नेसन्स कप’ को फाइनल

काठमाडौंको दशरथ रंगशालामा नेपाल र म्यानमारबीच ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनल खेल सुरू भएको छ।

सन् २०१९ को हिरो गोल्ड कपको फाइनलमा पनि यी दुई टोली भिडेका थिए, जहाँ नेपाल ३-१ ले पराजित भएको थियो।

यस प्रतियोगितामा नेपालले आइतवार म्यानमारसँग २-२ को बराबरी खेलेको थियो। ५ खेलमा नेपालले १२ गोल खाएको छ भने ५ गोल गरेको छ।

फोर नेसन्स कपमा कीर्गिस्तान र लेबनान पनि सहभागी थिए। यो प्रतियोगिता आगामी एएफसी महिला एसिया कप छनोटका लागि तयारीको रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस