२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

इटालीलाई विश्वकप जिताउने गोलकिपर वुफोन आइतबार नेपाल आइपुग्ने, केपी ओली कपबारे यसो भने [भिडिओसहित]

Buffon, the Goalkeeper Who Led Italy to World Cup Victory, Arriving in Nepal on Sunday

काठमाडौं । इटालीलाई विश्वकप जिताएका गोलकिपर जियानलुजी वुफोन जारी केपी ओली कप फुटबल प्रतियोगिता फाइनलमा नेपाल आउने भएका छन् । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी केपी ओली कप फुटबलको फागुन १९ गते हुने फाइनल खेल अवलोकनका लागी वुफोन नेपाल आउन लागेका हुन् ।

केपी ओली कपमा आजदेखि सेमिफाइनलका खेल सुरु हुँदैछन् । पहिलो सेमिफाइनलमा संकटा क्लब र त्रिभुवन आर्मी क्लब भिड्दैछन् ।
दोस्रो सेमिफाइनलमा भोलि मछिन्द्र एफसी र केपी एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

वुफोनले सन् २००६ मा इटालीलाई फिफा विश्वकप जिताएका थिए । इटालीबाट उनले ८० खेलमा कप्तानी समेत गरेका थिए । वुफोनले १ सय ७६ खेलको कीर्तिमानी खेलेका थिए । उनले ५ पटक विश्वकप खेलेका थिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस