२०८३ भाद्र १६ गते मङ्गलवार | 2026 September 1st Tuesday

दक्षिण कोरियाका लागि नेपाली राजदूत तुम्बाहाङ्फे सबैको साझा बन्न नसकेको आरोप (विज्ञप्तिसहित)

काठमाडौं । विपिन कुमार गुरुङ नेतृत्वको एनआरएनए दक्षिण कोरियाले नेपाली राजदूत शिवमाया तुम्बाहाङ्फेमाथि पक्षपात गरेको आरोप लगाएको छ। गुरुङ र महासचिव प्रशान्त राज बानियाँद्वारा जारी विज्ञप्तिमा, राजदूतले आफूहरूद्वारा आयोजित कार्यक्रममा अनुपस्थित रहँदै अर्को पक्षको कार्यक्रममा सहभागिता जनाएर विभेद गरेको उल्लेख छ।

‘बुद्ध वाज बर्न इन नेपाल’ कार्यक्रममा अनुपस्थित रहेकी राजदूत तुम्बाहाङ्फे केही समयपछि अर्को समूहको कार्यक्रममा सहभागी भएको विषयलाई पूर्वाग्रहपूर्ण भन्दै एनआरएनएले आपत्ति जनाएको छ। एनआरएनएभित्रको विवादका कारण दक्षिण कोरियामा दुई पक्ष रहे पनि राजदूतले एक पक्षलाई मात्र साथ दिएको आरोप लगाइएको छ। यदि पक्षपात जारी रहे विरोध र बहिष्कार गरिने चेतावनी समेत दिइएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस