२०८३ भाद्र १६ गते मङ्गलवार | 2026 September 1st Tuesday

हत्कडी र खुट्टामा फलामको चेनले बाँधेर अमेरिकाबाट फर्काइए अवैध नेपाली

काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएका ८ नेपाली नागरिकलाई हत्कडी र खुट्टामा फलामको चेन बाँधेर काठमाडौं ल्याइएको खुलेको छ। उनीहरू ग्रिफान एयरको चार्टर विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा बुझाइएको छ।

उनीहरूले हिरासतमा अमानवीय व्यवहार भएको, खाना राम्रोसँग नपाएको, क्रु मेम्बरले फलफूल दिए पनि हत्कडी खोल्न नदिएको बताएका छन्। प्रहरीका अनुसार, डोनाल्ड ट्रम्पको कार्यकालपछि फेरि अमेरिका जाने इच्छा राखेका उनीहरू ५० देखि ९० लाख रुपैयाँसम्म बुझाएर अवैध रूपमा अमेरिका गएका थिए।

यसअघि पनि अमेरिकाले नेपालीहरूलाई डिपोर्ट गरिसकेको छ। प्रहरी मानव तस्करी र्‍याकेटसम्म पुग्न अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस