२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

चर्चित बलिउड जोडीको सम्बन्ध २ वर्षमा सकियो

काठमाडौं । बलिउड अभिनेत्री तमन्ना भाटिया र अभिनेता विजय वर्मा दुई वर्षसम्म डेटिङ गरेपछि अलग भएका छन्। उनीहरूले अब अलग हुने निर्णयसँगै असल साथीको रूपमा रहने फैसला गरेका छन्। मिडिया रिपोर्टहरूका अनुसार, उनीहरूका नजिकका स्रोतहरूले बताएअनुसार विजय वर्मा र तमन्ना भाटिया बीचको सम्बन्ध समाप्त भएको छ। यो विषयमा उनीहरू खासै कुरा गर्न इच्छुक छैनन्, किनभने यो कुनै उत्सव मनाउने कुरा होइन। तैपनि, दुवैले अब एकअर्कासँग मित्रताको सम्बन्ध कायम राख्ने निर्णय गरेका छन्।

प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस