२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

‘होस्टेल ३’ हेर्न दर्शकको तछाडमछाड: सुरु मै चले ‘कुल ब्वाय’, माग्ने बुढाका छोराहरु

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र होस्टेल ३ हेर्न दर्शकको ठूलो भीड लाग्न थालेको छ। सुरुका दिनमा त्यति राम्रो नभएपनि फिल्म राम्रो रहेको महसुस हुन थालेपछि दर्शकहरुको ओइरो लाग्न थालेको छ । निर्देशक सशान कँडेलका अनुसार पहिलो दिन औसत भए पनि शनिबारदेखि अत्यन्तै राम्रो व्यापार गरेको चलचित्रले आइतबारदेखि अझ राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

कलाकारहरूसँग दर्शकको प्रत्यक्ष प्रतिक्रिया लिइरहेका निर्देशक कँडेलले होस्टेल ३ लाई नयाँ पुस्ताको चलचित्र भएको बताएका छन्। अभिनेता पारस बम ठकुरीका अनुसार युवाको होस्टेल जीवन, टिनएजका उतारचढाव तथा तन्नेरी पुस्ताको कथा यसमा समेटिएको छ।

नयाँ प्रतिभालाई अवसर दिइएको यो चलचित्र होस्टेल शृङ्खलाको ‘लिगेसी’लाई अघि बढाउने विश्वास निर्देशक कँडेलले व्यक्त गरेका छन्। चलचित्रमा कलाकार पारस बम ‘कुल ब्वाय’, सिम्रन पन्त, पदम तामाङ, आशिष घिमिरे, हेना नगरकोटी, सन्तोष बानियाँ, समा पराजुली, विलियम पिएन लगायतको अभिनय छ । कुल ब्वाय टिकटकबाट उदयका कलाकार हुन् । आशिष घिमिरे चर्चित हास्य कलाकार माग्ने बुढाका छोरा हुन् । माग्ने बुढा र सुन्तलीकोपनि छोटो अभिनय चलचित्रमा देख्न सकिन्छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस