२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

नेयमार ब्राजिलको विश्वकप छनोटमा नखेल्ने

२ चैत्र , काठमाण्डौँ । ब्राजिलका स्टार स्ट्राइकर नेयमार तिघ्राको चोटका कारण सन् २०२६ मा हुने विश्वकप फुटबलका लागि मार्चमा हुने कोलम्बिया र अर्जेन्टिनाविरुद्धको छनोट खेल नखेल्ने भएका छन् ।

नेयमार चोटका कारण करिब डेढ वर्ष ब्राजिली टोलीबाट बाहिर रहेका थिए तर फेब्रुअरीमा सान्तोसमा फर्किएका थिए । ब्राजिल दक्षिण अमेरिकी विश्वकप छनोटमा पाँचौँ स्थानमा झरेपछि डोरिभल जुनियरको प्रशिक्षणमा सन् २०२३ को अक्टोबरमा उनले अन्तिम पटक ब्राजिलको प्रतिनिधित्व गरेको टोलीमा ७९ गोल गरेका थिए। उनी ब्राजिलका हालका खेलाडीमध्ये सर्वाधिक गोलकर्ता हुन् ।

ब्राजिलले मार्च २० मा ब्रासिलियामा कोलम्बियाको सामना गर्ने छ भने त्यसको पाँच दिनपछि ब्यूनस आयर्समा प्रतिद्वन्द्वी तथा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको सामना गर्ने छ ।

प्रकाशित मिति : २०८१ चैत्र १ गते शनिवार
प्रतिक्रिया दिनुहोस