२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

विवाह गरेर मुस्लिम भएकी हेमा मालिनी हिन्दु मन्दिर छिरेर ठेस पुर्याएको भन्दै उजुरी दर्ता

काठमाडौं । अभिनेत्री तथा राजनीतिज्ञ हेमा मालिनीविरूद्ध उजुरी दर्ता भएको छ। धार्मिक भावनामा ठेस पुर्‍याएको भन्दै उनीविरूद्ध सोमबार उजुरी दर्ता गरिएको हो। उनी हालै पुरी जगन्नाथ मन्दिर दर्शन गर्न पुगेकी थिइन्। मन्दिरबाट भिडिओ सार्वजनिक भएपछि विवाद सुरू भएको हो। उनको मन्दिरमा प्रवेश अवैध रहेको बताएको छ।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार हेमा मालिनीविरूद्ध स्थानीय संगठन श्री जगन्नाथ सेनाले उजुरी दर्ता गरेका छन्। हेमाले धार्मिक नियमलाई उल्लंघन गरेको भन्दै सिंहद्वार पुलिस स्टेशनमा उजुरी परेको छ।

संगठनले आरोप लगाएको छ कि हेमा मालिनीले धर्मेन्द्रसँग विवाह गरेपछि इस्लाम धर्म अपनाएकी थिइन्। उनीहरूको विवाह पनि मुस्लिम रीति रिवाज अनुसार भएको थियो। त्यस कारण उनले मन्दिर प्रवेश गरेपछि हिन्दु धार्मिक भावनामा ठेस पुगेको बताएको छ।

प्रकाशित मिति : २०८१ चैत्र ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस