काठमाडौं । चैत्रको पहिलो हप्तामा नै बजारमा आँप आउन थालेको छ । तर उपभोग कम छन् । चीन र भारतबाट आँप आइरहेको छ । अहिले आँपको मूल्य प्रतिथोक ३०० देखि ३५० रूपैयाँ किलो छ। खुद्रा मूल्य भने ५०० रूपैयाँसम्म पुगेको छ।
जेठ १५ देखि स्वदेशी आँप आउनेछ । जसले मूल्य घटाउने छ। स्वदेशी आँपको मुख्य सिजन जेठ १५ देखि साउन १५ सम्म रहनेछ। तर अहिले बेमौसमी आँप आएको छ । यो खान त्यति स्वस्थकर भने छैन ।
प्रकाशित मिति : २०८१ चैत्र ४ गते मङ्गलवार

