२०८३ भाद्र २७ गते शनिवार | 2026 September 12th Saturday

गोरखा क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानलको जित

काठमाडौं । गोरखा क्याम्पसमा बुधबार सम्पन्न स्ववियु चुनावमा अखिल क्रान्तिकारीको प्यानल विजयी भएको छ। अन्तिम मतगणनामा सभापतिमा अखिल क्रान्तिकारीका सुलभ अम्गाई २०९ मत प्राप्त गरेर विजयी भएका छन्। उनका प्रतिस्पर्धी सयुक्त प्यानलका रचन परियारले १६१ मत प्राप्त गरे।

सचिव पदमा अखिल क्रान्तिकारीका रुपेश विश्वकर्माले १९९ मत प्राप्त गरे र १७१ मत प्राप्त गरेका सयुक्त प्यानलका राजाराम बोहोरालाई पराजित गरे। कोषाध्यक्ष पदमा आयुशा अर्यालले २०६ मत प्राप्त गरेर नेविसंघकी सविना गुरुङलाई हराए।

सदस्यमा पनि अखिल क्रान्तिकारीका अभिशेक राना मगर, सरीना बयलकोटी, रोजिना गुरुङ र सलिना परियारले जित हासिल गरेका छन्। कुल ४२४ मतदातामध्ये ३७० मत खसेको थियो, जसमा अखिल क्रान्तिकारीको १९६, नेविसंघको १०५ र अनेरास्ववियुको ६७ मत प्राप्त भए।

प्रकाशित मिति : २०८१ चैत्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस