२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

सबैलाई शोकमा डुबाएर विदा भए दिग्गज अभिनेता मनोज कुमार

काठमाडौं । बलिउडका दिग्गज अभिनेता मनोज कुमारको शुक्रबार बिहान ८८ वर्षको उमेरमा मुम्बईको कोकिलाबेन अस्पतालमा निधन भएको छ।

देशभक्तिपूर्ण फिल्मका लागि चिनिने मनोज कुमारको वास्तविक नाम हरिकृष्ण गोस्वामी हो। सन् १९३७ मा एबटाबाद (हाल पाकिस्तान) मा जन्मिएका उनले उपकार, शहीद, क्रान्ति, पूर्व और पश्चिम, रोटी कपडा और मकान जस्ता कालजयी फिल्म दिएका थिए।

उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले श्रद्धाञ्जली अर्पण गर्दै मनोज कुमारको योगदानको उच्च मूल्याङ्कन गरेका छन्।

फिल्म निर्माता अशोक पण्डितले उनलाई “सम्पूर्ण चलचित्र उद्योगको लागि अपूरणीय क्षति” भन्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रकाशित मिति : २०८१ चैत्र २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस