२०८३ भाद्र २७ गते शनिवार | 2026 September 12th Saturday

९४ वर्षको उमेरमा दिग्गज कलाकारको निधन, फ्यानमा शोकको लहर

काठमाडौं । भारतकी प्रसिद्ध कथक नृत्याङ्गना तथा गुरु कुमुदिनी लाखियाको ९४ वर्षको उमेरमा निधन भएको छ। बिहान उनले अहमदाबादस्थित आफ्नै निवासमा अन्तिम सास लिएकी हुन्। उनको निधनको पुष्टि उनीद्वारा स्थापना गरिएको ‘कदम्ब’ नृत्य संस्थानकी प्रशासक पारुल ठाकुरले बीबीसी गुजरातीसँग कुराकानी गर्दै गरेकी हुन्।

कुमुदिनी लाखियालाई भारत सरकारले यसै वर्ष २०२४ मा देशको दोस्रो सर्वोच्च नागरिक सम्मान ‘पद्म विभूषण’ प्रदान गरेको थियो। यसअघि, उनलाई सन् २०१० मा पद्म भूषण र सन् १९८७ मा पद्मश्री पुरस्कारबाट पनि सम्मानित गरिएको थियो।

भारतमा कथक नृत्यलाई नयाँ आयाम दिने कुमुदिनी लाखियाले सन् १९६४ मा अहमदाबादमा ‘कदम्ब’ नृत्य केन्द्र स्थापना गरेकी थिइन्। सुरुमा केही विद्यार्थीहरूबाट सुरु गरिएको यो केन्द्र पछि प्रतिष्ठित सांस्कृतिक संस्थाको रूपमा स्थापित भयो।

सन् १९७३ देखि उनले कोरियोग्राफीको यात्रा पनि सुरु गरेकी थिइन्। भारतीय नृत्य क्षेत्रमा उहाँको योगदान अद्वितीय रह्यो। उहाँको निधनले नृत्यप्रेमीहरू, अनुयायीहरू र सांस्कृतिक जगतमा शोकको लहर फैलिएको छ।

प्रकाशित मिति : २०८१ चैत्र २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस