२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

वर्ष दिन नबित्दै अरुणिमा लम्सालको दोस्रो विवाह पनि टुट्यो, डिर्भोसको मुद्दा दायर

काठमाडौं । अभिनेत्री अरुणिमा लम्सालले दोस्रो विवाहमा पनि सम्बन्धविच्छेदको मुद्दा दायर

अभिनेत्री अरुणिमा लम्सालको दोस्रो विवाह एक वर्ष नपुग्दै संकटमा परेको छ। उनले पति युवराज श्रेष्ठविरुद्ध अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन्।

केही युट्युब अन्तर्वार्तामा अरुणिमाले विवाहअघि युवराजले गरेका वाचा झूठा भएको आरोप लगाउँदै आफूले गलत व्यक्ति रोजेको बताइन्। “झूटो मान्छेसँग जीवन बिताउनु भन्दा सिंगल बस्छु भन्ने निर्णय गरेँ,” उनले भनिन्।

उनका अनुसार विगत ५ महिनादेखि उनीहरूबीच कुनै कुराकानी भएको छैन। युवराजले अमेरिका जानकै लागि विवाह गरेको दाबी पनि अरुणिमाले गरेकी छन्।

दुवैको सहमतिमा नभए एक वर्षपछि स्वतः डिभोर्सको आदेश हुन सक्ने कानुनी व्यवस्था छ। अमेरिकी नागरिक भएकाले उनले नेपालमा वारेसमार्फत मुद्दा दायर गरेकी हुन्।

उनीहरूले २०८१ भदौ ३ गते राम मन्दिरमा विवाह गरेका थिए। त्यसको केही दिनमै अरुणिमा अमेरिका फर्किएकी थिइन्। अहिले उनी नेपाल फर्किएर कानुनी प्रक्रिया अघि बढाइरहेकी छन्। युवराजले भने हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

प्रकाशित मिति : २०८२ बैशाख २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस