२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

वि. सं २०८२ असार ९ गते सोमबारको राशिफल, यी ७ राशिलाई लाभ Daily Horoscope of Monday 23th June 2025

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

पारिवारिक मेलमिलापको समय। आय आर्जन सामान्य रहन्छ। अध्ययनमा प्रगति हुन सक्छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आत्मविश्वास बढ्नेछ। रोकिएको काम बन्नेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

स्वास्थ्य कमजोर हुन सक्छ। खर्च बढ्नेछ। अनावश्यक विवादबाट टाढा रहनुहोस्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आयआर्जन बढ्नेछ। रोकिएको धन प्राप्त हुन सक्छ। स्वास्थ्य राम्रो रहनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

रोकिएको काम बन्नेछ। आर्थिक लाभ हुनेछ। मानसिक तनाव कम हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सामाजिक तथा धार्मिक कार्यमा सफलता मिल्नेछ। स्वास्थ्य सामान्य रहनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

खर्च बढ्न सक्छ। मानसिक अशान्ति रहन सक्छ। विवादबाट बच्नुपर्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

दाम्पत्य सम्बन्ध सुधार हुनेछ। साझेदारी व्यवसायमा लाभ हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

जोश, जागर बढ्नेछ। आर्थिक लाभ हुनेछ। व्यवसाय तथा अध्ययन राम्रो रहनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

रमाइलो यात्रा हुन सक्छ। दाम्पत्य जीवन सुखमय रहनेछ। पारिवारिक सहयोग मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

अनावश्यक विवाद र खर्च बढ्न सक्छ। व्यर्थको यात्रा हुन सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मानसम्मान बढ्नेछ। पारिवारिक सहयोग मिल्नेछ। शेयर बजारबाट लाभ हुन सक्छ।

 

प्रकाशित मिति : २०८२ असार ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस