२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

आज साउनको अन्तिम सोमबार, देशभरका शिवालयहरुमा भक्तजनको ठूलो भीड !

काठमाडौं। साउन महिनाको आज अन्तिम सोमवार भगवान शिवको पूजा आराधना गर्ने भक्तजनहरुको पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भीड लागेको छ।

साउन महिनालाई शिवको विषेश महिना मानिन्छ। साउनभर ब्रत बस्ने भक्तजनहरुले आज व्रत समापन गर्ने गर्दछन्। साउन महिनाको सोमवार शिवको पूजा आराधना गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ।

शिव पुराण लगायत धार्मिक ग्रन्थहरुमा शिव महिमाको बारेमा उल्लेख गरिएको छ। साउन महिनामा शिवको पूजा आाराधनासहित महिलाहरुले हरियो चुरा र वस्त्र लगाई शिवको पूजा आराधना गर्ने गर्दछन्। यसबाट शिवभक्तिसँगै मानव र प्रकृतिबीचको सम्बन्धलाई पनि उजागर गर्ने धार्मिक मान्यता रहेको छ।

प्रकाशित मिति : २०८२ साउन २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस