२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

धादिङका गायक उत्सव सुब्बा लामाको यथार्थपरक ‘आफ्नै देश फर्क नेपाली’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं। नेपाली संगीत क्षेत्रमा फेरि एकपटक राष्ट्रिय भावनाले भरिपूर्ण गीत सार्वजनिक भएको छ। चर्चित युवा कलाकार उत्सव सुब्बा लामा र  सुरेन सिर्जन को शब्द रचनामा सजिएको नयाँ गीत ‘अफ्नै देश फर्क नेपाली’ यतिबेला दर्शक–श्रोतामाझ निकै रुचाइँदै छ।

गीतले वैदेशिक रोजगारीमा रहेर पनि मातृभूमिप्रतिको मोह भुल्न नसक्ने नेपालीको कथा बोल्छ। परदेशको पीडाभन्दा स्वदेशको माया ठूलो हुन्छ भन्ने भावलाई निकै मार्मिक तरिकाले प्रस्तुत गरिएको छ। उत्सव सुब्बा लामा, जसले यसअघि पनि आफ्ना लोक तथा आधुनिक गीतमार्फत चर्चित स्थान बनाइसकेका छन्, यसपटक देशभक्तिपूर्ण संदेश बोकेर आएका छन्।

 उनको गायनमा रहेको जोश, भाव र देशप्रतिको आत्मीयता श्रोता–दर्शकको मुटु छोएको छ।

गीत केवल संगीतको रमाइलो मात्रै नभई एक सन्देशमूलक अभियान पनि हो। नेपाल फर्केर आफ्नो भुइँ, आफ्नो संस्कृति, आफ्नै आँगनलाई सम्झनुपर्ने, र देशमै केही गर्न सकिने सन्देश यसले दिन खोजेको छ।

भिडियोमा देखाइएको नेपाली माटो, पहाड, गाउँ–घर र जनजीवन को चित्रणले गीतलाई अझै हृदयस्पर्शी बनाएको छ। डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक भएको यस गीतले छोटो समयमा नै धेरै दर्शकको मन जितिसकेको छ।

संगीतकर्मीहरूको भनाइमा, “यो गीत केवल एउटा सिर्जना मात्र होइन, विदेशिएका लाखौँ नेपालीलाई स्वदेश फर्काउने एउटा भावनात्मक आह्वान हो।”

प्रकाशित मिति : २०८२ भाद्र १ गते आइतवार
प्रतिक्रिया दिनुहोस