२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

प्रतापसँग जोडी बनेको हल्ला ! गायिका एलिना चौहानले दिइन् जवाफ

काठमाडौं । लोकप्रिय गायिका एलिना चौहान हाल सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेकी छन्। बद्री पंगेनी, कला लम्साल र प्रताप दाससहितको ‘अमेरिका टुर’ मा सहभागी उनी गीतसँगै सामाजिक सञ्जालमा राखिएका टिप्पणीका कारण पनि चर्चामा छिन्।

हालै सामाजिक सञ्जालमा प्रताप दाससँग उनको जोडी भएको भन्दै विभिन्न कमेन्ट आएपछि एलिनाले स्पष्ट प्रतिक्रिया दिएकी छन्। उनले एक भिडियो शेयर गर्दै लेखेकी छन्, “प्रताप दास मेरो दाइ हुनुहुन्छ। हाम्रो सम्बन्ध दाजु–बहिनीको माया र सम्मानमा आधारित छ। कृपया कपल कमेन्ट नगरी कलाकारिता र सम्बन्धको इज्जत गर्न सहयोग गर्नुहोला।”

एलिना चौहान कहिल्यै चर्चाबाट टाढा नहुने कलाकार मानिन्छिन्। गायनसँगै उनका व्यक्तिगत भनाइ र सामाजिक सञ्जाल पोस्टहरू प्रायः चर्चा र विवादमा रहने गरेका छन्।

प्रकाशित मिति : २०८२ भाद्र १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस