हरेक न्यूजमा भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा दक्षिणतिर भएकाले देशभर सामान्य बदली छ। बिहानै कोशी, बागमती र केही पहाडी भूभागमा चट्याङसहित हल्का–मध्यम वर्षा भएको छ। दिउँसो बागमती, गण्डकी, लुम्बिनीका केही स्थान र तराईका एक–दुई स्थानमा मध्यम वर्षा र हावाहुरीको सम्भावना छ।
आज राति पनि देशको पहाडी भूभागमा सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने सम्भावना भएकाले मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ।
प्रकाशित मिति : २०८२ भाद्र १९ गते बिहिवार

