२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

काकाको घुराइ सहन नसकेपछि भतिजाले यो के गरे…

काठमाडौं । जापानको चिबा प्रिफेक्चरस्थित इचिबारामा १८ वर्षीय किशोरलाई आफ्नो काकाको हत्या प्रयासको आरोपमा पक्राउ गरिएको छ। प्रहरीका अनुसार किशोरले आफ्नो काकाको ठूलो घुराइ सहन नसकेर ओलेन्डर नामक विषालु बोटको पात पिसेर मिसो सुपमा मिसाइदिएको थियो।

गत जुलाई १७ मा खाना खाँदै गर्दा काकाले अनौठो स्वाद महसुस गरी सुप फ्याक्दा केही समयपछि मुख सुन्नेजस्तो र पेट दुख्ने लक्षण देखियो। उनलाई तत्काल अस्पताल लगियो। सुपको परीक्षणमा ओलेन्डरिन नामक विष भेटिएको थियो।

किशोरले सोधपुछमा भने, ‘मलाई काकाको ठुलो घुराइ पटक्कै मन परेन, त्यसैले मैले उनलाई मार्ने निर्णय गरेँ।’

ओलेन्डर सदाबहार रुख हो, जसमा रातो वा सेतो फूल फुल्छ र यसको हाँगा तथा पात विषालु हुन्छ। सौभाग्यवश, ५३ वर्षीय काका पूर्ण रूपमा निको भइ घर फर्किसकेका छन्।

प्रकाशित मिति : २०८२ भाद्र २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस