२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

नख्खु कारागारबाट भागेका टक्ला यसरी पक्राउ परे

काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट भागेका सञ्जय साह टक्ला काभ्रेमा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

पूर्वराज्यमन्त्री साह १२ वर्षदेखि जन्मकैदको सजाय भोग्दै थिए। उनी २०६९ सालको जनकपुरको रामानन्द चोक बम विस्फोट घटनाका मुख्य अभियुक्त हुन्। जेन-जी आन्दोलनको प्रदर्शनका क्रममा कारागारबाट भागेका साहले अन्य कैदीसहित आगजनी समेत गरेका थिए। सहकारी ठगीको आरोपमा राखिएका रवि लामिछानेको कारागारबाट निकालिएपछि उनी भागेका थिए।

प्रकाशित मिति : २०८२ भाद्र २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस