२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

weather forecast nepal today

काठमाण्डौँ ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी भू–भागका केही तथा तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार कोशी, गण्डकी प्रदेशको पहाडी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रकाशित मिति : २०८२ भाद्र २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस