२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

जब सुधन गुरुङमाथि पत्रकार सम्मेलनमै हात हाल्न खोजियो…

काठमाडौं । आफूलाई जेनजी समूहको अगुवा बताउँदै आएका ‘हामी नेपाल’ संस्थाका सञ्चालक सुधन गुरुङले रिपोर्टर्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलन हंगामापूर्ण बन्यो।

गुरुङले राष्ट्रपति कार्यालयमा भएको वार्ताको विवरण सुनाउँदै आफूहरूको माग पूरा नभए सरकार ढाल्ने चेतावनी दिएका थिए। पत्रकारहरूले जिज्ञासा राख्दा गुरुङ उत्तेजित भएर धम्कीपूर्ण भाषा प्रयोग गरे, जसपछि दुवै पक्षबीच धकेलाधकेल भएको थियो।

घटनापछि पत्रकार सम्मेलन कक्ष तनावग्रस्त बनेको र सम्मेलनको प्रत्यक्ष प्रसारण (लाइभ) स्थगित भयो।

प्रकाशित मिति : २०८२ भाद्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस