२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

पश्चिमी वायुको प्रभावले बुधबारसम्म वर्षा,बिहीबारदेखि धानवाली लगायतका अन्न भित्र्याउन उपयुक्त

काठमाण्डौँ ।  पश्चिमी वायुको प्रभावका कारण बुधबारसम्म देशभर वर्षा हुने संभावना रहेको मौसमविद्हरूले बताएका छन्।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक विनोद पोखरेलका अनुसार बुधबार पश्चिम नेपालमा बढी तथा मध्य र पूर्वी भेगमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ।

बिहीबारदेखि वर्षा घट्ने भएकाले किसानले धान काट्न सुरू गर्न उपयुक्त हुने बताइएको छ। यसैबीच, मनसुन क्रमशः कमजोर हुँदै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव रहनेछ भने अन्य प्रदेशमा आंशिक बदली र हल्का वर्षाको सम्भावना छ।

प्रकाशित मिति : २०८२ असोज २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस