२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

सरकारको बोल्ड निर्णय : एकैपटक १५ सहसचिवको सरुवा (नामसहित)

काठमाडौं । सरकारले राजपत्रांकित प्रथम श्रेणीका १५ जना सहसचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा प्रशासन मन्त्रालय, गृह मन्त्रालय, खानेपानी मन्त्रालय, चिकित्सा शिक्षा आयोग लगायतमा कार्यरत सहसचिवहरूको एकैसाथ सरुवा गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिएका छन्।

सञ्चारमन्त्री खरेलका अनुसार, ‘राजपत्रांकित प्रथम श्रेणीका १५ जना सहसचिवको सरुवा गर्ने र आवश्यक कार्यमा खटाउने निर्णय भएको छ।’

त्यस्तै, न्याय सेवाका ८ जना सहसचिवहरूको पनि सरुवा गरिएको छ। खरेलले भने, ‘नेपाल न्याय सेवा, न्याय समूहमा रहेका राजपत्रांकित प्रथम श्रेणीका ८ जना अधिकृतको सरुवा गर्ने निर्णय भएको छ।’

प्रकाशित मिति : २०८२ असोज २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस