२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

विमानस्थलबाट रंगेहात समातिएका तीन भारतीय को हुन् ?

काठमाडौं । काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रमा प्रहरीले करिब ११ किलो २७५ ग्राम गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा ५० वर्षीय सलिम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोहम्मद अजाज शेख र ३२ वर्षीया जैनब वशीर रहेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले जानकारी दिए।

घिमिरेका अनुसार, एयर एसियाको फ्लाइटबाट बैङ्कक हुँदै काठमाडौं आएका उनीहरूलाई विमानस्थल सुरक्षा र भन्सार कार्यालयको संयुक्त टोलीले जाँच गर्ने क्रममा पक्राउ गरिएको हो। पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ।

प्रकाशित मिति : २०८२ असोज २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस