काठमाडौँ । आज दिउँसो देशका केही स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सबै प्रदेशका पहाड भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने छ ।
यस क्रममा दिउँसो कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाड भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । राति भने देशभर मौसम मुख्यतया सफा रहने मौसम महाशाखाले जनाएको छ । मौसमविद्का अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।
प्रकाशित मिति : २०८२ असोज ३० गते बिहिवार

