काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । सुन एकैदिन ७ हजार १०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।
आज चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ३५० रुपैयाँमा पुगेको छ ।
अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्
प्रकाशित मिति : २०८२ कार्तिक १ गते शुक्रवार

