२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

धुम्बाराहीबाट एमाले नेता समातिए, लाग्यो गम्भीर आरोप

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पालाई बहुविवाह मुद्दामा प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाका अनुसार शेर्पालाई मंगलबार धुम्बाराहीबाट पक्राउ गरिएको हो।

जिल्ला अदालत काठमाडौंले २०७९ चैत २३ गते एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो। शेर्पाले सो फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरे पनि अदालतले जिल्ला अदालतको फैसला नै सदर गरेको थियो।

आदिवासी जनजाति आन्दोलनमा सक्रिय रहेका शेर्पा मिक्वाखोला–५, ताप्लेजुङका हुन्।

प्रकाशित मिति : २०८२ कार्तिक १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस