२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

स्वतन्त्र निर्वाचित वडाध्यक्ष मा`रिए

Crime murder

काठमाडौं । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वर यादवको शुक्रबार साँझ ६ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरिएको छ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार गोली प्रहारपछि हमलावारी भागेका थिए। यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याइएको थियो, जहाँ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले पुष्टि गरेको छ।

उनी स्वतन्त्र निर्वाचित वडाध्यक्ष थिए।

प्रकाशित मिति : २०८२ कार्तिक २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस