२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

भर्खरै रिहा भएका दुर्गा प्रसाईँले सरकारसँग गर्ने निर्णायक वार्ता के हो?

काठमाडौँ । सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियान’का संयोजक दुर्गा प्रसाईँबिच अब औपचारिक वार्ता हुने भएको छ।

सर्वोच्च अदालतको आदेशपछि आइतबार रिहा भएका प्रसाईँसँग सरकारबिच वार्ता गर्ने तयारी भएको हो।

शनिबार राति बालुवाटारमा भएको प्रारम्भिक वैठकमा प्रसाईँ नेतृत्वको समूहले आजदेखि सुरु हुने भनिएको बन्द–हडताल स्थगित गर्ने सहमति जनाएको थियो। त्यस्तै, प्रसाईँले अघि सारेका २७ बुँदे मागका विषयमा समेत छिट्टै वार्ता थाल्ने सहमति गरिएकाे हो।

सहमतिपत्रमा उल्लेख छ, ‘अर्को चरणको वार्ता महाभियानको नेतृत्वसहित यथाशीघ्र गर्ने समझदारी भएको छ।’ प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार वार्ताको मिति भने अझै तय हुन बाँकी छ।

सरकार र महाभियानबीच २७ बुँदे माग सम्बोधनका लागि निरन्तर छलफल, वार्ता र सहजीकरण गर्ने समझदारी भएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस