२०८२ पुष ४ गते शुक्रवार | 2025 December 19th Friday

यी तीन प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव, आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौँ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य भूभागमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।

आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भूभागमा आंशिक बदली रहनेछ । आज राति सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । शनिबार सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू९भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

 

 

प्रकाशित मिति : २०८२ पुष ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस