काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसम प्रणाली सक्रिय नरहेकाले देशभरिको मौसम मुख्यतया सफा रहने देखिएको छ । आज दिउँसोको मौसमबारे जानकारी दिँदै महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत अन्य हिमाली भूभागमा आंशिक बदली थोरै बादल लाग्ने हुने सम्भावना रहेको जनाएको छ। यद्यपि, देशका बाँकी भूभागमा भने घाम लाग्ने र मौसम सफा रहनेछ।
महाशाखाका अनुसार आज राति पनि देशभरको मौसममा खासै परिवर्तन आउने छैन र मौसम मुख्यतया सफा नै रहनेछ। हिउँदको समय भएकाले वर्षा वा हिमपातको तत्काल कुनै सम्भावना नरहेको मौसमविद्हरूको भनाइ छ।
मौसम सफा रहे पनि बिहान र बेलुकाको समयमा चिसो बढ्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
प्रकाशित मिति : २०८२ पुष ३ गते बिहिवार

